एशियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२४’ सम्पन्न

डिसी नेपाल
४ जेठ २०८१ १०:४०
16
Shares

काठमाडौं। एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२४ को आयोजना सम्पन्न गरेको छ। कार्यक्रममा सोसाइटी अफ नेपालिज र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको बताइएको छ।

एसियन पेन्ट्सले वार्षिक रूपमा गर्दै आएको कलर नेक्स्टले विश्वव्यापी, सामाजिक-सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्‍याएको कम्पनीको दाबी छ।

यस कार्यक्रमका सहभागीहरूले विशेषज्ञ अन्तवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत डिजाइन उद्योगमा फरक प्रवृत्तिहरू पत्ता लगाएका छन्।

हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२४ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका सिइओ प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गरेका थिए भने एशियन पेन्ट्स ग्लोबलका रिजनल हेड सिरीश राव र एशियन पेन्ट्स नेपालका कन्ट्री हेड गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति राखेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *