सुनको मूल्य घट्यो
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भैइरहेको छ।
यसअघि सोमबार सुन तोलामा १ लाख ४१ हजार ८०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १०० रुपैयाँ थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको तोलामा ५५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य तोलामा १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment