राष्ट्रियसभाको बैठक स्थगित

डिसी नेपाल
८ जेठ २०८१ १६:५९
64
Shares

काठमाडौं। राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर स्थगित भएको छ। आज दिउँसो १ः१५ मिनेटका लागि तय भएको बैठक विशेष कारण बस्न नसकेको भन्दै संसद् सचिवालयले सूचना प्रकाशन गरेको छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको छ। उक्त समिति गठन गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताबीच समझदारी भए पनि समितिको कार्यक्षेत्र निर्धारणका विषयमा कार्यदलस्तरमा सहमति जुटन नसक्दा राजनीतिक अवरोध हुँदै आएको छ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ११ गते शुक्रबार अपरान्ह १ः१५ मिनेटमा बस्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *