सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः अध्यक्ष ओली
मोरङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन् नहुने बताएका छन्।
एमाले मोरङ जिल्ला कमिटीले विराटनगर– ११ स्थित पाञ्चालिमा रहेको भवन परिसरमा निर्माण गरिएको नेताद्वय स्व पुष्पलाल श्रेष्ठ, मदनकुमार भण्डारी र मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नागरिकता छानबिनको विषय प्रेस स्वतन्त्रता हनन्सँग सम्बन्धित नरहेको स्पष्ट पारे।
‘नागरिकता छानबिनबाट मुलुकमा अधिनायकवाद र निरङ्कुशता कायम हुने भन्ने कुरा जनतामा भ्रम सिर्जना गर्ने कार्यमात्र भएको हो। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कसैको रिसइबिले होइन नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका हुन, यसलाई गलत रुपमा प्रस्तुत गर्नु हुँदैन’, अध्यक्ष ओलीले भने।
उनले नेपाली कांग्रेसले सहकारीको मुद्दामा भोलिदेखि सडकमा आन्दोलन गर्नु जरुरी नभएको धारणा राखे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment