राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट, संसदको गतिरोधबारे राष्ट्रपतिको चासाे

डिसी नेपाल
११ जेठ २०८१ ९:५३
84
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन्।

सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए।

आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने कार्यसूची छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची छ।

तर प्रतिपक्षले सहकारी प्रकरणमा संसदीय छानविन समितिकाे माग राखेर संसद अवरूद्ध गर्दै आएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *