पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा ९ जना घाइते

डिसी नेपाल
२ असार २०८१ ९:५२
36
Shares

पाल्पा — पाल्पाको निस्दीमा आइतबार बिहान भएको जिप दुर्घटनामा ९ जना घाइते भएका छन् ।

होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट मित्यालको भिरपानीमा डेन्टलसम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ जाँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो जिप आफैं अनियन्त्रत भई सडकको बाँया साइडको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो ।

घाइते सबैको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको छ।  रामपुर अस्पतालले थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *