फणीन्द्रले देवकोटाले लिए पुन: मन्त्रीको शपथ

डिसी नेपाल
१६ असार २०८१ ११:२४
56
Shares

काठमाडौं। गण्डकी प्रदेशका नवनियुक्त उर्जामन्त्री फणीन्द्र देवकोटाले शपथ लिएका छन्। आज पोखरामा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मन्त्रीको शपथ दिलाएका हुन्।

गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए।  माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए। तर, पार्टीको ह्वीप नमानेको भन्दै जेठ ३२ मा माओवादीले फणीन्द्रलाई कारबाही गरेको थियो। कारबाहीपछि फणीन्द्र सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उनका पद थमौती गर्दै कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेश दिएलगत्तै उनी प्रदेश सभामा पुगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *