राप्रपाको प्रशिक्षक प्रशिक्षण धुलिखेलमा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेको छ। यसलाई सफलतापूर्वक कार्यान्वयन गर्नको निमित्त पार्टीको प्रशिक्षण बिभागले २४ र २५ गते आवायी केन्द्रीय प्रशिक्षक प्रशिक्षण आयोजना गरेको छ।
धुलिखेलको एक रिसोर्टमा संचालन हुने प्रशिक्षणको उद्घाटन पार्टी अध्यक्ष कमल थापाले गर्नेछन्। सैद्धान्तिक, वैचारिक बिषयसँगै संगठन निर्माण, जनसंघर्ष, समसामयिक राजनीतिक अवस्था र सूचना प्रविधिको बिषयमा प्रशिक्षण दिइने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशबाट ६० जनाको सहभागिता रहने छ। पार्टी अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण बिभाग प्रमुख भुवन पाठक, सहायक प्रवक्ता रमानन्द न्यौपाने, आईटी इन्जिनियर रोजेश रिजालले प्रशिक्षण दिनेछन्।
केन्द्रीय प्रशिक्षक प्रशिक्षण पश्चात भादौ महिनामा ७७ जिल्लामा र असोज महिनामा सात सय त्रिपन्न स्थानीय तहमा सघन रुपमा प्रशिक्षण कार्यक्रम संचालन गरिने सहायक महामन्त्री वर्तौलाले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment