‘राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले गठबन्धन’
फाइल फाेटाे
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको गठबन्धन भएको बताएका छन्।
खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको ‘छात्रावृत्ति वितरण समारोह’ मा बोल्दै नेता कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्दै सुशासन दिन कांग्रेस एमाले गठबन्धन निर्माण भएको बताएका हुन्। कांग्रेस र एमाले मिलेर आलोपालो सरकार चलाउने सम्झौता भएको उनको भनाइ छ।
‘मैले विगत सात/आठ महिनादेखि मुलुकमा स्थिर सरकार र सुशासन चाहिन्छ भनेर भन्दै आएको थिएँ, आज त्यो पूरा हुने क्रममा छ, कांग्रेस र एमाले मिलेर देशलाई सुशासन दिन्छौँ, संविधानमा भएका कमजोरी सुधार्दै मुलुकलाई आर्थिक विकासको गतिमा अगाडि बढाउछौँ’, उनले भने।
उनले प्रधानमन्त्रीलाई विश्वासको मत लिने अधिकार संविधानले दिएकाले राजीनामा दिनुपर्छ भन्नु कुनै फाइदा नभएको उल्लेख गरे। डा कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार बन्ने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment