लुम्बिनी सरकारबाट बाहिरियो जसपा
बुटवल। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ।
बुधबार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कृषिमन्त्री रहेका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका हुन्।
मुख्यमन्त्री जोखबहादुर महरालाई भेटेर अहिरले राजीनामा बुझाएका हुन्। यसअघि प्रदेश सरकारबाट एमाले बाहिरिसकेको छ। महरा नेतृत्वको सरकार एमाले बाहिरिएसँगै अल्पमतमा परेको छ। कांग्रेससँग भएको सहमति अनुसार लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment