राष्ट्रपति पौडेलद्वारा कानुनविद्हरूसँग परामर्श
काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा उनले संविधान तथा कानुनविद्हरूसँग परामर्श गरेका हुन्।
सो छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सीताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment