मन्त्रालयबाट विदा हुने बेला गृहमन्त्री लामिछानेले के-के भने ?

डिसी नेपाल
३० असार २०८१ १४:५४
156
Shares

काठमाडौं । गृह मन्त्रालयबाट विदा हुने बेला संचारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री रवि लामिछानेले आफ्नाए बारेमा उठाइएका प्रश्नहरूबारे अनुसन्धार गर्न र आफूले गल्ती गरेको भए दोषी प्रमाणित गर्न चुनौती दिएका छन्

उनले भने ‘मेराबारे पनि जबरजस्त प्रश्न उठाइएको छ। मैले त पहिला पनि केही भनेको थिइन। तर, आजसम्म स्वतः प्रभावित भएको भए पनि अब मेरोबारे पनि अनुसन्धान गर्नुस्। गलत गरेको भए कानून मलाई पनि लाग्नुपर्छ।’

उनले नक्कली भुटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निष्पक्ष र प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताए ।

उनले भने ‘हामीकहाँ सरकार परिवर्तन अनौठो कुरा नै होइन। तर, सरकार परिवर्तनको प्रभाव प्रहरी र कर्मचारी प्रशासनमा पर्नु हुँदैन। सकेसम्म नपार्ने प्रयास गर्नुहोला।’

अनुसन्धान जारी रहेका कारण सुन काण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेको बताउँदै उनले राज्यको गोपनीयता मन्त्रीको सनकको भरमा सार्वजनिक गर्नु नहुने बताए।

सरकारको कामबाट नागरिक सन्तुष्ट नभएको बताउँदै उनले भने -हामीलाई लागेको होला के के नै गर्यौं। तर, हाम्रा कामबाट नागरिक पटक्कै खुसी छैनन्। नागरिक सन्तुष्ट नभएसम्म हामीले कामको प्रगति विवरण भनेर बुँदाहरु थप्दै सार्वजनिक गर्नुको के अर्थ?’

सरकार परिवर्तन हुनुको, मन्त्री आउनु र जानुको प्रभाव नागरिकलाई पर्नु नहुने बताउँदै उनले भने ‘म जानु र अर्को मन्त्री आउनुमा तपाईंहरुले खासै परिवर्तन महसुस गर्नु पर्दैन। कानूनअनुसार काम गर्न मन्त्री परिवर्तनले के फरक पार्छ र?’

चार महिनामा धेरै काम गर्न नसकिएको स्वीकार गर्दै मन्त्री लामिछानेले भने ‘तर, केही आधार तयार भएका छन्। तयार भएको आधारलाई भत्किन नदिनु होला। आशा छ नयाँ मन्त्रीले पनि बनेको आधारलाई सकारात्मक रुपमा ग्रहण गर्नुहुन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *