मधेस प्रदेशको सरकार विस्तार हुँदै, कांग्रेसलाई अर्थ दिने सहमति

डिसी नेपाल
३ साउन २०८१ १६:५६
36
Shares

जनकपुरधाम। मधेस प्रदेशमा सरकार विस्तार गर्ने विषयमा सहमति भएको छ। मुख्यमन्त्री शतिसकुमार सिंहले अर्थमन्त्रालय कांग्रेसलाई दिन सहमत भएपछि सरकार विस्तारको सहमति भएको हो।

कांग्रेसले अर्थमन्त्रालय नदिएमा सरकार छोड्ने धम्की दिएपछि सरकार विस्तार हुन सकेको थिएन। अब नयाँ सहमति अनुसार कांग्रेसले अर्थमन्त्रालयसहित कृषि, उर्जा र श्रम मन्त्रालय पाउने भएको छ।

कांग्रेसबाट सांसद सुनिल यादव अर्थमन्त्री बन्ने भएका छन्। यस्तै जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री बन्ने भएका छन्

कांग्रेसका चार मन्त्रीले आजै साँझसम्म शपथ लिने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *