आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने सुजाताको घोषणा

डिसी नेपाल
४ साउन २०८१ १६:४२
360
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवशेनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छिन्।

शुक्रबार बालुवाटारस्थीत शेखर कोइरालाको सचिवालयमा पुगेर सुजाता कोइरालाले आफुभित्र कुनै विवाद नरहेको भन्दै आगामी आगामी महाधिवशेनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी हुन्।

पार्टीका अग्रज आफ्ना परिवारहरुले देखेको सपना पुरा गर्ने नेतृत्वदायक भूमिका शेखर कोइरालाले लिएको भन्दै सुजाता कोइरालाले मुलुकलाई निकास एकजुट हुने पनि उल्लेख गरिन्।

त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले देश अप्ठेरो अवस्थामा रहेका बेला सबै मिलेर अघि बढ्नुपर्ने बताए। उनले बिगतमा केहि तलमाथि भएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको भन्दै पुनः एकतावद्ध भएर अघि बढ्ने धारणा राखे।

उनले आगामी महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तासमक्ष आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *