प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
काठमाडौं। कांग्रेस एमाले गठबन्धन बन्दा सकारात्मक प्रतिक्रिया दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।
शनिबार बसेको राप्रपा निर्देशक समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाले नयाँ सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भएपनि तत्पश्चातका सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय लिएको जनाएको छ। प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment