यी चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
१२ साउन २०८१ ६:४१
164
Shares

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *