गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज छैनः माधव नेपाल

डिसी नेपाल
१२ साउन २०८१ १८:०२
48
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताएका छन्।

शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले संविधान संशोधन अपरिहार्य भएपनि गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताएका हुन्।

कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पर्दा पछाडी अर्कै कुरा लुकेको उनले बताए। उनले आफ्ना स्वार्थ पुरा गर्नका लागि अनेक जामा पहिरिएपनि वास्तविकता समयक्रम अनुसार उजागर हुने जिकिर गरे।

अध्यक्ष नेपालले जनताको त्याग तपस्याबाट बनेको संविधानमा कुनै प्रकारको आघात नगर्न चेतावनी दिए। उनले कम्युनिष्ट एकताको आधार तयार गर्नका लागि मोर्चा बनाउँदै अघि बढ्नुपर्ने बताए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले संविधान कसैको निगाहमा नबनेको भन्दै दुई दलले मात्रै संशोधन गर्न नसक्ने बताए। उनले संविधानको मूल मर्मलाई मासेर संविधान संशोधन भएमा कांग्रेस–एमालेविरुद्ध देशव्यापी रुपमा महासंग्राम हुने चेतावनी दिए।

उनले संविधान संशोधन गर्ने भए त्यसका आधारहरु स्पष्ट हुनुपर्ने जिकिर गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *