पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं। सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उक्त फैसला गरेको हो।
सर्वोच्चले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । आइतबार सर्वोच्चले जोशीको भ्रष्टाचारमा अन्तिम फैसला सुनाएको हो।
अदालतले उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैदको सजाय सुनाइएको छ। कांग्रेसका पूर्वसहमहामन्त्रीसमेत रहेका जोशीको मुद्दा यही इजलासले ‘हेर्दाहेर्दै’मा राखेको थियो। यसअघि जेठ १ गते, ८ गते र १३ गते पनि सर्वोच्चमा सुनुवाइ भएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment