मन्त्रिपरिषद बैठक : १८ देशमा राजदूत नियुक्तिकाे सिफारिस
काठमाडौं। मन्त्रिपरिषदको बैठकले विभिन्न देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।
सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, पाकिस्तान,अस्ट्रेलिया, मलेसिया, साउदी अरब, इजरायल, जर्मनीका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेकाे छ।
मन्त्रिपरिषद् बैठकले भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिएको छ भने अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्श रेग्मीलाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए।
यसैबीच मन्त्रिपरिषद् बैठकले तीन प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ। बाग्मतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी सिफारिस भएका छन्। उनीहरूको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ।
यसअघि बाग्मतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। माओवादी र एकीकृत समाजवादी पृष्ठभूमिका प्रदेश प्रमुखलाई हटाएर एमाले र कांग्रेस पृष्ठभूमिका सिफारिस भएका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment