डिनामो जेनितसँग ८–१ ले पराजित
एजेन्सी । यूरोपा लिग अन्तर्गत तेस्रो क्वालिफायर राउण्डको दोस्रो लिगमा डिनामो मिन्स्कको पोस्टमा जेनित सेन्ट पिटर्सवर्गले गोलको वर्षा गरेको छ।
बिहीबार राति भएको खेलमा जेनितले डिनामोलाई ८–१ गोलअन्तरले पराजित गरेको हो। पहिलो लेगमा ४–०ले पराजित जेनितले दोस्रो लेगमा यूरोपा लिगमै ३३ वर्षपछि ठूलो पूनरागमन गर्दै समग्रमा ८–५ को जित हात पारेको छ।
रसियन टोली जेनितका लिनार्डो पेरिडेस ७२ औं मिनेटमा रातोकार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित भएको टोलीमाथि मात्रै बेलारुसको टोली डिनामोले एक गोल फर्काउन सकेको थियो।
त्यसअघि लिनार्डोले नै २२ औं मिनेटमा जेनितलाई सुरुवात अग्रता दिलाएका थिए। उनको गोलसँगै पहिलो हाफमा १–० को अग्रता बनाएको जेनितले दोस्रो हाफमा थप सात गोल गरेको थियो।
६६ औं मिनेटमा क्रिस्टयन नोबाले टोलीको लागि दोस्रो गोल गर्दा आर्टिम डिज्युबाले ७५ र ७८ गरि तीन मिनेटमा दुई गोल गरेपछि पहिलो लेगमा ४–०ले पराजित भएको जेनितले समग्रमा बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयमा पुनः डिनामोका साइडु याहायाले गोल गर्दै टोलीलाई अग्रता दिलाएपछि दबाबमा आएको जेनितले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो चरणमा स्थान बनाएको हो।
२०१७–१८ को सिजनमा अन्तिम १६ मा पुगेको जेनितका लागि अतिरिक्त समयको १ सय ९ औं मिनेटमा सब्स्टाइन डियस्सीले बराबरी गोल फर्काएका थिए।
यस्तै १ सय १५ औं मिनेटमा आर्टिमले पेनाल्टी मार्फत तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने अतिरिक्त समयको पनि इञ्जुरी समयमा रोबार्ट मार्कले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीलाई ८–१ को जित दिलाए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment