एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
फाइल फाेटाे
काठमाडौं। नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
आगामी भाद्र ९, १० र ११ गते विहान ११ बजे काठमाडौँमा बैठक डाकिएको महासचिव घनश्याम भुसालले जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायतको एजेण्डा रहेको भुसालले जानकारी दिए।
गत असारमा महाधिवेशन गरेको एकीकृत समाजवादीले केन्द्रीय कमिटी चयन गरे पनि पदाधिकारी चयन गर्न भने अझै बाँकी रहेको छ। आगामी बैठकसम्म पदाधिकारी चयन हुने नेताहरुले बताएका छन्।
अहिले पछिल्ला दिनमा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकता हुने चर्चा तिब्र रहेको छ।
यस बीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पटक पटक भेटवार्ता समेत भएको छ । दुवै नेताबीच पार्टी एकता गर्न मोटामोटी सहमति भएको समेत दाबी गरिएको छ।
पार्टी एकताको चर्चाका बीच एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment