तातोपानी नाका आजदेखि तीन दिनका लागि खुल्दै, मालवाहक सवारीसाधनलाई आवतजावतको अनुमति
काठमाडौँ । चीनसँग सिमाना जोडिएको तातोपानी नाका आजदेखि तीन दिनका लागि खुल्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज कात्तिक १ गतेदेखि ३ गतेसम्म नाका खुल्ने जानकारी दिएको हो।
मन्त्रालयका अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो।
यसले नेपाल–चीन व्यापारिक आवागमनलाई सहजीकरण गर्नुका साथै चाडपर्वका बेला आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment