सहकारी ठगी प्रकरणः संसदीय विशेष समितिले लियो दिपेश पुनको बयान

डिसी नेपाल
३२ साउन २०८१ १५:१४
316
Shares

काठमाडौं। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको सहकारी छानबिन सम्बन्धी संसदीय विशेष  समितिले बयान लिएको छ।

समितिको संयोजक सूर्य थापाका अनुसार बुटवलस्थित सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव समेत रहेका पुनलाई आज समितिको बैठकमा बोलाएर बयान लिइएको हो।

यस अघि सुप्रिम सहकारी ठगी प्रकरणमा पुन पक्राउ परेका थिए। जिल्ला अदालत रुपन्देहीले पक्राउ परेका पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *