प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, के भयो कुराकानी?
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन्।
देउवासँगको भेटबारे जानकारी दिँदै ओलीले भनेका छन्, ‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment