पूर्वीय संस्कार र संस्कृतिको महत्त्व बुझाउनु आवश्यक छ: सभामुख घिमिरे

डिसी नेपाल
१ भदौ २०८१ २०:२८
24
Shares

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीय संस्कार र संस्कृतिको महत्त्व नयाँ पुस्तालाई बुझाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

होमप्रसाद आचार्यद्वारा लिखित ‘बृहत् कर्मकाण्ड प्रदीप’ नामक पुस्तक आज लोकार्पण गर्दै उहाँले हाम्रो संस्कार बुझ्न सक्नेगरी पुस्तक प्रकाशनमा ल्याउनुपर्ने बताए।

‘यो पुस्तकको अन्य संस्करणमा नेपाली र अङ्ग्रेजीमा पनि सकिन्छ भने ल्याउँदा सबैले सहजै बुझ्न सक्नेछन्,’ उनले भने, ‘हामीले आफ्ना वेदका महत्त्वसँगै संस्कृति र संस्कारका पक्षलाई नयाँ पुस्तालाई प्रस्ट्याउनु पर्छ । नत्र उनीहरूले सतही ज्ञान मात्र लिइरहेका हुनेछन्।’

सभामुख घिमिरेले ७० वर्षको उमेरमा पनि आचार्यले प्रविधिको प्रयोग गरेर पुस्तक लेख्नुले अन्यलाई पनि ऊर्जा मिल्नेमा जोड दिए।

लेखक आचार्यले शास्त्र र वेदमा उल्लेख गरिएको विषयलाई सबैले बुझ्नेगरी पुस्तकमा ल्याएको बताए। उनले भने, ‘वेदको सिद्धान्त र दर्शनलाई बुझ्नेगरी यो पुस्तक तयार गरेको छु। हामीले कसरी कर्म गर्नुपर्छ भन्ने यसमा उल्लेख गरिएको छ। त्यसकारण यो सबैका लागि उपयोगी हुनेमा विश्वस्त छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *