राष्ट्रियसभामा टीआरसी विधेयक पेश

डिसी नेपाल
२ भदौ २०८१ १६:३९
112
Shares

काठमाडौं। राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको छ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधेयक पेस गरेका हुन् । मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा समक्ष प्रस्तुत गरेका हुन्।

यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ। अहिले विधेयकमाथि सांसदहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *