एमालेका मनोनित दुई केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा मनोनित केन्द्रीय सदस्यलाई सपथ गराएका छन्।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा उनले केन्द्रीय सदस्यद्वय मञ्जु शर्मा चालिसे (बागलुङ) र कुन्दन कुसवाह (रौतहट)लाई सपथ गराएका हुन्।
अध्यक्ष ओलीले पार्टीको विधान, २०४९ (संशोधित २०७८) को धारा ६६ को २ (च)मा भएको व्यवस्थाअनुसार मनोनित केन्द्रीय सदस्यलाई सपथ गराएका हुन्।
गत साउन १७ गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्य र १६ जना केन्द्रीय सदस्यलाई पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गरेको थियो।
मनोनित गरिएका दुई जना केन्द्रीय सदस्य सपथ छुटेकाले आज गराइएको एमाले केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए। बाँकी सदस्यलाई गत साउन २० गते सपथ गराइएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment