मर्स्याङ्दी बस दुर्घटना अपडेट : ४० जना यात्रु सवार, १६ जनाको उद्धार

डिसी नेपाल
७ भदौ २०८१ १३:१४
144
Shares

तनहुँ। तनहुँको ऐना पहरामा भएको बस दुर्घटनामा अहिले यात्रुहरुको उद्धार कार्य जारी छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार बसमा ४० जना यात्रु थिए। ती मध्ये १६ जनाको उद्धार गरिएको छ। बाँकी यात्रुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङदी नदीमा बस खसेको हो। आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मस्र्याङ्दी नदीमा खसेको थियो।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए। उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए।

यात्रुको संख्या अझै एकीन हुन सकेको छैन। अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *