मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो
काठमाडौँ। मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। प्रहरीका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
गम्भीर घाइते १६ जनाको काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल उपचार भइरहेको छ।
शुक्रबार दिउँसो करिब साढे एक बजे पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको उक्त बस तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ बाट मर्स्याङ्दी नदीमा खसेको थियो।
उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment