धरानमा लागुऔषध कारोबारमा संलग्न एक सय ९३ जना पक्राउ

डिसी नेपाल
९ भदौ २०८१ २२:२२
380
Shares

सुनसरी। धरानमा गत आर्थिक वर्षमा लागुऔषधको कारोबार गर्ने एक सय ९३ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानको तथ्यांक अनुसार गत आव २०८०/८१ एक सय ७६ पुरुष र १७ महिला गरी एक सय ९३ जना लागुऔषध कारोबारमा संलग्नग्न भएको आरोपमा पक्राउ परेका हुन्।

प्रहरी निरीक्षक भीमराज राईले चालु आव २०८/र८२ को साउन महिनामा मात्रै १० वटा मुद्दामा १६ पुरुष र एक महिलालाई पक्राउ गरिएको जानकारी दिए। यसरी पक्राउ पर्नेमध्ये अधिकांश युवापुस्ता रहेका उनले बताए। गत आवमा आफ्नो कार्यालयमा लागुऔषधका एक सय दुई मुद्दा दर्ता भएका राईले बताए।

आर्थिक वर्ष २०७८र८९ मा ५५ मुद्दा दर्ता भई ७९ पुरुष र चार महिला पक्राउ परेका थिए भने आव २०७७/७८ मा ५७ मुद्दा दर्ता भएकामा ७९ पुरुष र चार महिना पक्राउ परेका थिए । पछिल्लो चार वर्षको तथ्यांक तुलना गर्दा लागुऔषध कारोबार गर्ने सङ्ख्या निरन्तर बढिरहेको छ। यीमध्ये लागुऔषधको प्रयोग र कारोबारमा ज्याला मजदुरी गर्ने, बेरोजगार युवाको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

उमेर समूहका आधारमा १८ देखि ३५ वर्ष उमेरका युवाको सङ्ख्या बढी रहेको छ । अघिल्ला दुई आर्थिक वर्षमा यो समूहका ४६ जनालाई पक्राउ गरिएको थियो भने १७ वर्षभन्दा कम उमेरका ३२ जना पक्राउ परेका थिए।

धरान उपमहानगरपालिकाले हरेक शुक्रबार लागुऔषध विरुद्ध सचेतना अभियान पनि सञ्चालन गरिरहेको छ। उपमहानगर प्रमुख हर्कराज राईले घर र विद्यालय तहबाटै सचेतना जगाउनु आवश्यक रहेको र हरेक अभिभावकले आफ्ना परिवारका सदस्यको निगरानी गर्न आवश्यक रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *