बजेटको सही व्यवस्थापन गर्न आवश्यक छ: अर्थमन्त्री पौडेल

डिसी नेपाल
१२ भदौ २०८१ २०:३९
8
Shares

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलले आयोजनाको छनोट र त्यसको कार्यान्वयनमा सही बजेट व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै पौडेलले बहुउद्देश्यीय योजनासमेत काटछाँट गर्न जरुरी रहेको जानकारी गराए।

सभामा मन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

सांसद राजेन्द्रकुमार केसी, जुलीकुमारी, वासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, स्वर्णीम वाग्ले, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सोविता गौतम, मनिष झा, रोशन कार्की, प्रतिमा गौतम, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, प्रतिमा गौतम, माधव सापकोटा, मनिष झा, कुसुमदेवी थापा, सोविता गौतम, नागिना यादव, दयालबहादुर शाही, नारायणी शर्मा, अच्युतप्रसाद मैनाली, प्रेम सुवाललगायतले विधेयकमाथि विचार राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *