योगेश भट्टराईमाथि माओवादी आक्रामक, नम्बरी ठगको संज्ञा

डिसी नेपाल
१३ भदौ २०८१ १४:४३
128
Shares

काठमाडौं। नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा माओवादी जनयुद्धलाई १० वर्षे हिंसा भनेको विषयले माओवादी केन्द्र र एमाले आमने सामने भएका छन्।

बुधबार संसद मा दुवै दलका सांसदबीच घम्साघम्सी परेपछि अब यो विषय संसद बाहिर पनि चर्किने देखिएको छ। बुधबार योगेशको संसदमा माओवादीप्रति आक्रामक सम्बोधनपछि अहिले माओवादीका नेता तथा कार्यकर्ता उनीमाथि खनिन थालेका छन्।

यसैक्रममा माओवादी केन्द्रका सांसद राजन दाहालले योगेशलाई ‘बैगुनी केटो’ भन्दै महान जनयुद्धको बलामा प्राप्त उपलब्धिहरु उपभोग गर्ने अनि महान जनयुद्धलाई हिंसा भन्ने ? भन्दै प्रश्न गरेका छन्।

सांसद दाहालले आफ्नो स्ट्याटसमा योगेशलाई नम्बरी ठग समेत भनेका छन्। दाहाललले लेखेको सो स्ट्याटस माओवादी केन्द्रका उपमहासचिव एवं पुर्व अर्थमन्त्री जनार्दन शर्माले समेत फेसबुक मा शेयर गरेका छन्।

त्यस्तै विहीबार संसद बैठकमा माओवादी केन्द्रका सांसद छिरिङ डुम्डुल लामाले योगेश भट्टराईले जनयुद्धको समयमा चन्दा असुली र हतियार तस्करी गरेको आरोप लगाएका छन्। उनले आफैं हिंसाको गतिविधिमा संलग्न रहेका योगेशले महान जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाएका थिए। उनले भने- ‘जनयुद्धको नाममा चन्दा असुलेर, हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *