माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

डिसी नेपाल
१४ भदौ २०८१ १६:४६
40
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए।

उनका अनुसार शुक्रबार माओवादी कोशी प्रदेश संसदीय दलले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।

केन्द्रमा कांग्रेस-एमाले को गठबन्धन बनेपछि कोशीमा एमालेकै सरकार रहेपनि कांग्रेस भने अहिलेसम्म सरकारमा गएको छैन । आपसी भागबण्डामा कुरा नमिलेको भन्दै कांग्रेसले सरकारमा जान आनाकानी गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *