मनाङमा भूकम्पको धक्का
काठमाडौं। मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment