समृद्धि सबैको साझा प्रयासबाट मात्रै सम्भव छ : मन्त्री राई

डिसी नेपाल
२६ साउन २०७६ १९:५२

नेपालगञ्ज । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्जको समृद्धि सबैको साझा प्रयासबाट मात्र सम्भव हुने बताएका छन्।

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आजदेखि १० हजार बिरुवा रोप्ने अभियानको शुभारम्भ गर्दै मन्त्री राईले नेपालगञ्जमा सडक, नाला बनाउने क्रममा रूखबिरुवा काटेर गरिएको गल्तीको क्षतिपूर्ति बिरुवा रोपेर पूरा गरिने बताए।

मन्त्री राईले नेपालगञ्जको जमुनाहास्थित सडकको ग्रिनबेल्टमा बिरुवा लगाउँदै आफ्नो मन्त्रालयले सातै वटा प्रदेशका प्रमुख शहरमा यो अभियान सञ्चालन गरेको बताए।

त्यस अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले उपमहानगरपालिकाले बिरुवा रोप्ने जग्गा उपलब्ध गराउनाका साथै बिरुवाहरुको संरक्षण गरिने बताए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *