बिर्तामोडमा बसको ठक्करबाट महिलाको मृत्यु

डिसी नेपाल
१५ भदौ २०८१ २०:४२
40
Shares

झापा। पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट आज साँझ एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

प्र १–०२–००२ ख ००३५ नंको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उनी घाइते भएपछि विर्तामोडमा रहेको बिएन्डसी अस्पतालमा उपचारका लागि पठाइएको थियो। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालक कन्काई नगरपालिका–३ बस्ने २९ वर्षीय हिमाल विश्वकर्मा र मोटरसाइकल चालक माईनगरपालिका–४ कै ठिरप्रसाद सुवेदी समेतलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *