ओलीलाई बालेनको प्रश्नः नाबालिकामाथि घरेलु हिंसा गरेकी प्रदेश सांसदलाई कहिले समाउने?
काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकामाथि घरेलु हिंसा गरेको भन्दै सरकारले कारवाही नगरेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्माले विगत ८ बर्षदेखि कैदी बनाएर एक नाबालिकालाई घरेलु कामदार बनाएर राखेको भन्दै सरकारले पक्राउ नगरेको उल्लेख गरेका छन् । बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रेखा शर्मालाई कहिले समाउने भन्दै प्रश्न गरेका छन् ।
बालेनले भनेका छन्-
वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।
सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु , सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?
No ads found for this position


डिसी नेपाल
Facebook Comment