चितवनमा डेंगी संक्रमणबाट एक जनाको मृत्यु

डिसी नेपाल
१७ भदौ २०८१ ७:५१
32
Shares

चितवन। डेंगी संक्रमणका कारण चितवनमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२ का ६३ वर्षीय पुरुष रहेका छन्।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए। उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेंगीको संक्रमण देखिएको छ। तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *