महोत्तरीको अन्धाअन्धी स्थानमा भक्तजनको घुँइचो
महोत्तरी। आज बिहानैदेखि महोत्तरीको लोहारपट्टी नगरपालिकाको बगडागाउँ स्थित अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनमा सो स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
स्थानीयवासी वीरेन्द्र यादवका अनुसार अन्धाअन्धी स्थानको सम्बन्ध रामायणकालीन समयसँग रहेको छ । उनले भने “यही सम्बन्धका कारण कुशे औँसीका दिन यहाँ भक्तजन आउने गर्दछन् ।”उनले श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोरा श्रवणकुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको जनश्रुती रहेको बताए।
पछिल्लो समय यस स्थानको संरक्षण संवर्द्धनका लागि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् । स्थानीयवासीले धार्मिक एवं ऐतिहासिक अन्धाअन्धी स्थानको संरक्षण, संवर्द्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घ सरकारसँग माग गरेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment