एमालेबाट गण्डकीमा चार जना मन्त्री बन्दै
पोखरा। गण्डकी प्रदेशमा एमाले सरकारमा जाने तयारीमा रहेको छ।
कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबण्डा नमिल्दा एमाले सरकारमा गएको थिएन। तर अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा जाने भएको हो।
एमालेले गण्डकी सरकारमा ४ मन्त्री पठाउने भएको छ। एमालेले नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याललाई सरकारमा पठाउँदै छ।
आजै एमालेका मन्त्रीहरुले शपथ लिने तयारी गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment