मन्त्रिमण्डल हेरफेरमा दीपक मनाङे असन्तुष्ट, वनमन्त्रीबाट राजीनामा

डिसी नेपाल
१७ भदौ २०८१ १६:२३
128
Shares

पोखरा। राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वनमन्त्रीको पद अस्वीकार गरेका छन्। सोमबार एमालेलाई सरकारमा सहभागी गराउनेक्रमा मन्त्रिमण्डल  हेरफेर गर्दा मनाङेलाई दिइएको थियो।

यसअघि भौतिक योजना मन्त्रालय रहेका मनाङेले वन मन्त्रालय दिएकोप्रति असन्तुष्टि जनाउदै राजीनामा दिएका हुन्।

एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए। तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन्।

यस अघि एमालेले  मनाङे र फणिन्द्र देवकोटालाई सरकारमा सामेल गराउन नहुने भन्दै सरकारमा जान आनाकानी गरिरहेको थियो। तर मुख्यमन्त्री पाण्डेले आइतबार दुई मन्त्रालय फुटाएर भागबन्डा मिलाउदै एमालेलाई सरकारमा सामेल गराउने वातावरण मिलाएका थिए।

मुख्यमन्त्री पाण्डेले मनाङे र देवकोटाले आफुलाई संकटमा साथ दिएको भन्दै काँग्रेसको कोटाको मन्त्री दिएर सरकारमा निरन्तरता दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *