सहकारीको बचत ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थप्ने तयारी

डिसी नेपाल
१८ भदौ २०८१ ७:०८
20
Shares

काठमाडौं। सहकारीको बचत ठगीको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ।

आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो। संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ।

समितिले आफ्नो काम पूरा गर्न अझै केही समय लाग्ने देखिएपछि समय थप गर्न लागिएको हो।

समितिको म्याद १५ दिनका लागि थप्न लागिएको छ। यस अघि तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो। त्यस अनुसार २२ भदौमा समितिको म्याद सकिँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *