युवा नेता सुवेदीले थाले माओवादीमा ‘घण्टी बजाउने अभियान’

डिसी नेपाल
१८ भदौ २०८१ १२:३८
2.8k
Shares

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का युवा नेता तेजप्रसाद सुवेदी ‘तुफान’ले पार्टीमा घण्टी बजाउने अभियानको थालनी गरेका छन्।

पार्टी निर्माणका लागि  निष्कृय रहेका नेताहरुलाई जागरुक बनाउन आवश्यक रहेको बताउँदै उनले सक्रियताका लागि फोन गरेर सुझाउन सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई आह्वान गरेका हुन्।

माओवादी सम्पर्क समन्वय प्रदेश समितिका सदस्यसमेत रहेका सुवेदीले केही दिन यता सामाजिक सञ्जालमार्फत नेताहरुको जिम्मेवारी र टेलिफोन नम्बर सार्वजनिक गर्दै उनीहरुको सक्रियताका लागि कार्यकर्तालाई फोन गरेर दबाब दिन आग्रह गरिरहेका छन्।

केन्द्रीय नेताहरू, जनवर्गीय संगठनका अध्यक्ष र जिम्मेवार पदाधिकारीहरुलाई पार्टी काममा सक्रिय बनाउन कार्यकर्ता मार्फत दबाब सिर्जना गर्न यो अभियान सुरू गरिएको उनी बताउँछन्।

यो अभियान नेताहरुलाई सक्रिय बनाएर पार्टी पुनर्निमाणका लागि दबाब बढाउन थालिएको उनले बताए। पछिल्लो समय सामाजिक सञ्जालमा पार्टीका नेताहरुको गतिबिधिमा शून्यता छाएकाले उनीहरुलाई घण्टी बजाएर सचेत गराउन अभियान सुरु गरिएको नेता सुवेदीले जनाए।

पछिल्लो समय माओवादीमाथि चौतर्फी आक्रमण हुँदा पनि नेताहरु प्रतिवाद नगरेर मौन रहेको भन्दै नेता जगाउने अभियानका रुपमा सामाजिक सञ्जालमार्फत यसलाई सुरु गरिएको उनले बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *