राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्‍यो नयाँ शैक्षिक कर्जा योजना

डिसी नेपाल
१९ भदौ २०८१ १४:५३
304
Shares

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको छ।

राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले पाँच लाखदेखि एक करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने र अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा बैंकले लगानी गर्ने छ।

यसबारेमा थप जानकारी लिन नजिकको शाखामा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *