कर्णाली नदीमा बालिकाको शव फेला

डिसी नेपाल
२० भदौ २०८१ २३:२४
8
Shares

घोडाघोडी (कैलाली)। कर्णाली नदीमा आज एक बालिकाको शव फेला परेको छ। कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित कर्णाली नदीको पश्चिम भँगालोमा १२ वर्षीया बालिकाको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार कर्णाली चिसापानी सामुदायिक वनतर्फको भागबाट र्‍याफ्टिङको सहायतामार्फत बालिकाको शव निकाली टिकापुर अस्पताल लगिएको छ। शव पहिचान गर्न नसकिने अवस्थामा रहेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *