गृह सचिवको जिम्मेवारी दुवाडीलाई
काठमाडौं। सरकारले गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव रहेका दुवाडीलाई बिहीबार साँझ बसेको बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।
यस अघि आजै मन्त्रिपरिषद्ले सार्वजनिक गरेको निर्णयमा भने गृह सचिवमा दुवाडीको सरुवाको विषयमा भने उल्लेख गरिएको छैन। गृह सचिवमा दुवाडीक सरुवा भएको गृहमन्त्री रमेश लेखककाे सचिवालयले जनाएकाे छ।
यसअघिका गृह सचिव एकनारायण अर्याललाई गत १३ भदौको मन्त्रिपरिषद बैठकले मुख्यसचिव नियुक्त गरेपछि गृहसचिव पद रिक्त छ। यसअघि निर्वाचन आयोगसहितका निकायमा सचिवको रुपमा काम गरिसकेका दुवाडीले अब गृह प्रशासनको प्रशासनिक नेतृत्वको सम्हाल्नेछन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment