पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

डिसी नेपाल
२४ भदौ २०८१ १७:५६
48
Shares

काठमाडौं। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन्। पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन्।

महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन नसकेको अवस्थामा अध्यक्ष पोखरेलले पुनः कार्यतालिका ल्याउन नसकेको, सदस्यता विवाद मिलाउन नसकेको अवस्थामा उनले राजीनामा दिएका हुन्।

पोखरेलले महासंघको अहिलेको अवस्थाप्रति नैतिक जिम्मेवारी लिदै राजीनामा दिएको उल्लेख गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *