भोटेबहालस्थित एक गेष्ट हाउसमा एक जनाको शव फेला

डिसी नेपाल
२५ भदौ २०८१ २०:१९
108
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज दिउँसो एक जनाको शव भेटिएको छ।

सो गेष्ट हाउसको तीनतलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

शव पोष्टमार्टमका लागि पठाइएको सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *