नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो

डिसी नेपाल
२८ भदौ २०८१ १०:४९
176
Shares

काठमाडौं। नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ।

शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठूलो सङ्ख्यामा इन्स्पेक्टर र असईमा भर्नाका लागि आवेदन मागेको हो।

योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ। प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको हुनु पर्ने छ।

सूचना बारे बिस्तृत जानकारी लिन र आवेदन दिने प्रक्रिया बारे बुझ्न यस लिंकमा हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *