हेराल्ड ल स्कुलले यो वर्षबाट बीए.एलएलबी पढाउने ,प्रवेश परीक्षाका लागि आवेदन माग

डिसी नेपाल
६ असोज २०८१ १०:१५
156
Shares

काठमाडौं। हेराल्ड एजुकेशन नेटवर्कबाट सञ्चालित हेराल्ड ल स्कुलले यो वर्षदेखि कानुन संकाय अन्तर्गत स्नातक तहमा बीए.एलएलबी कोर्स पढाउन स्वीकृति पाएको छ। राजर्षि जनक विश्वविद्यालयको सम्बन्धनमा हेराल्डले यो वर्षदेखि ४० जना विद्यार्थीलाई बीए.एलएलबी पढाउने भएको हो।

काठमाडौंको बसुन्धारास्थित हेराल्ड एजुकेशन नेटवर्कले प्ले ग्रुपदेखि स्नातक तहसम्म अध्ययन अध्यापन गराइरहेको छ। कलेजमा कक्षा ११ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकाय सञ्चालन भइरहेको छ। स्नातक तहमा पनि यो वर्षदेखि बीए.एलएलबी कोर्स सुरु गरिएको हो। पछिल्लो समय कानुनी शिक्षा विद्यार्थीहरुको रोजाइको विषय बनेको छ ।

कानुनमा स्नातक अध्ययनका लागि एलएलबी र बीए.एलएलबी गरी दुई वटा प्रोगाम रहेको छ । एलएलबी अध्ययनका लागि कुनै पनि एक विषयमा स्नातक पास गरेको हुनुपर्छ भने बीए.एलएलबीका लागि कुनै पनि संकायमा कक्षा १२ उत्तीर्ण भएको हुनुपर्छ।

कानुनमा स्नातक अध्ययनका लागि अहिले निकै ठूलो प्रतिस्पर्धा हुने गरेको छ । यो मध्ये पनि बीए.एलएलबी कोर्ष विद्यार्थीहरुको विशेष रोजाइ बन्ने गरेको छ । सीमित कोटा र प्रतिस्पर्धाका कारण चाहेर पनि धेरैले कानुन पढ्न नपाइरहेको अवस्थामा हेराल्डले यो कोर्स पढाउन सुरु गरेको हो ।

कानुनी शिक्षामा विद्यार्थी र अभिभावकहरुको बढ्दो आकर्षणलाई ध्यान दिँदै यो शैक्षिक शत्रबाट बीए.एलएलबी कोर्स सुरु गरिएको हेराल्ड एजुकेशन नेटवर्कका अध्यक्ष कपिल ज्ञवालीले जानकारी दिए । अध्यक्ष ज्ञवालीका अनुसार अहिले हेराल्ड ल स्कुल बसुन्धाराबाट धमाधम प्रवेश परीक्षाको फारम वितरण भइरहेको र आगामी असोज १२ गते शनिबार दिउँसो ३:३० बजेदेखि साँझ ५:३० बजेसम्म प्रवेश परीक्षा सञ्चालन हुनेछ । प्रवेश परीक्षा उत्तिर्ण उत्कृष्ट ४० जनाले यो शैक्षिक शत्रमा भर्ना हुन पाउने छन् ।

उपयुक्त र आधुनिक प्रविधियुक्त शैक्षिक वातावरणमा अनुभवी प्राध्यापकहरुबाट पढाइ हुने हेराल्डको नतिजा पनि उत्कृष्ट रहेको छ । हेराल्डले उत्कृष्ट शैक्षिक क्रियाकलापसँगै विद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न प्रकारका अतिरिक्त क्रियाकलाप र खेलकुदमा विशेष जोड दिँदै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *